उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग | Khabarhub Khabarhub

उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किसान सङ्गठनहरूले समस्या नआउने गरी आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् । ती सङ्गठनले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण समेत गराएका हुन् ।

अखिल नेपाल किसान महासङ्घका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहादुर श्रेष्ठलगायत विभिन्न छवटा किसान सङ्गठनले आफैले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन् ।

आफैँले उत्पादन गरेको वस्तुको मूल्य आफैँले निर्धारण गर्न नपाउनु, पाए पनि असाध्यै कम पाउनु तथा वर्षौंसम्म मिहिनेतको फल माग्न आन्दोलन नै गर्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने उनीहरूको माग छ ।

चिनी मिल तथा अन्य व्यापारीलाई बिक्री गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु कृषि र किसानका लागि दुःखद् कुरा भएको उल्लेख गर्दै उनीहरूले उखु उत्पादक किसानका लागि यस्तो अवस्था आउनु पीडादायक विषय भएको ठहर गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ३३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं