ओमान र अमेरिकाविरुद्धको खेल कठिन हुनेछ : कप्तान मल्ल « Khabarhub

ओमान र अमेरिकाविरुद्धको खेल कठिन हुनेछ : कप्तान मल्ल


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकाविरुद्धको खेल निकै कठिन हुने बताएका छन् ।

टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुनसक्ने बताएका हुन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।

ओमानले पछिल्लो समय धेरै राम्रो गरिरहेको र अमेरिका क्रिकेटको पावर हाउस बनेर आएको उनले बताए । नेपालसँग अनुभव प्राप्त खेलाडी कम भएकाले गार्हो हुन्छ जस्तो लागेको उनको भनाइ छ ।

ओमानमा गर्मी बढी रहेको र डे नाइट खेल्ने भएकाले पनि केही कठिन हुने उनले बताए ।

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एक दिवसीय खेल खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले सिरिज अघि पपुवा न्युगिनीसँग हुने खेल पनि महत्वपूर्ण रहेको बताए ।

सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ४६ बजे

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६