इटालियन सिरी ए : बराबरीमा रोकियो युभेन्ट्स « Khabarhub

इटालियन सिरी ए : बराबरीमा रोकियो युभेन्ट्स


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-   इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको सिजनको पहिलो खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो ।

२३ मिनेटभित्र २ गोलको अग्रता लिएको युभेन्ट्सले त्यसलाई  जोगाउन सकेन । खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

५१औँ मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २-१ को स्थितिमा ल्याए । ८३औँ मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए ।

यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न बन्चित भयो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ६ : ४० बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ