एमालेमा ‘तेस्रो गुट’ स्वीकारिन्न, ‘०७५ जेठ २’ मा फर्किन्न : ओली « Khabarhub

एमालेमा ‘तेस्रो गुट’ स्वीकारिन्न, ‘०७५ जेठ २’ मा फर्किन्न : ओली


७ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा तेस्रो गुट स्वीकार्न नसकिने बताएका छन् ।

माधव नेपाल समूहमा रहेका तर अन्तिम समयमा आएर उनलाई साथ नदिएका नेताहरुले एकताका लागि जेठ २ फर्कनुपर्ने तथा कार्यदलको सहमति अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइरहेका बेला ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।

सगरमाथा टेलिभिजनसँगको अन्तरवार्तामा ओलीले भने,’अर्को गुटबन्दीको शिलशिला कुनै पनि हालतमा स्वीकार्न सकिन्न । यो कुनै स्वस्थ प्रतिस्पर्धा हैन, गुटबन्दीको निरन्तरता हो ।’ उनले जेठ २ मा फर्कन माग गर्नेहरुले वक्तव्यबाजीमा नलागेर थपक्क पार्टीमा काम गर्नुपर्ने बताए । ओलीले ७५ जेठ २ अब नआउने प्रष्ट पारे।

‘मैले उहाँहरुलाई सोध्या छैन। थपक्क पार्टीमा काम गर्न छोडेर के को वक्तव्यबाजी?’, सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले भनेका छन् ।

ओलीले एमालेका लागि माधवकुमार नेपालको ‘च्याप्टर’ पनि अब ‘क्लोज’ भएको बताए । माधव नेपालले पार्टी छाडेर गएकोमा पनि अब नेता कार्यकर्ताले विस्मात मान्न नपर्ने उनले बताए ।

‘कोही यदि पतन भएर गयो । कोही विपक्षीसँग साठगाँठ गरेर जनताविरुद्ध गयो भने शोक गरेर, शोक मानेर बस्ने हैन । एमालेका कार्यकर्ताहरु शोकाकुल भएर बस्दैनन् । उज्जवल भविष्यको महान गन्तव्य हेरेर अघि बढ्छन्’, ओलीले भने, ‘कसैले पार्टी छोडेर गयो भन्दैमा विस्मात मान्न जरुरी छैन । रोक्न कोशिस गरिएको हो।’

माधव नेपालको ‘च्याप्टर क्लोज‘

ओलीले अब माधव नेपालको ‘च्याप्टर’ उनकै पार्टीमा मात्रै ‘ओपन’ भएको बताएका छन् । नयाँ पार्टी नै खोलिसकेका व्यक्तिको चर्चा एमालेमा अब उपयुक्त पनि नुहने उनको भनाइ छ ।

उनले माओवादी शिविरमा भएको भनिएको भ्रष्टाचार आफ्नो पालामा नभएको सन्दर्भमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नै तामेलीमा राखेको बताए ।

‘क्यान्टेन्मेन्टको विषयलाई अख्तियारले अगाडि बढाउन चाहेन । अख्तियारले तामेलीमा राखेर अलमल्याएर राख्यो । त्यसकारण त्यसमा केही विलम्ब भयो, फेरि त्यो सरकार एकल पनि त थिएन,’ ओलीले भने ।

 

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  १० : ४३ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास