शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या « Khabarhub

शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नुहँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन ।

एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना हुन थालेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्को बैठक बस्न नसक्दा प्राविधिक धारका पाठ्यक्रम स्वीकृत हुन नसेकेको केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए । उनका अनुसार परिषद्को बैठक शिक्षा मन्त्रीको अध्यक्षतामा बस्ने गरेको छ । नयाँ सरकार गठनपछि शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा नै लिएका छन् ।

प्राविधिक धारका कक्षा ११ र १२ का पाठ्यक्रममा ४० प्रतिशत सैद्धान्तिक र बाँकी ६० प्रतिशत प्रयोगात्मक विषय समेटिएको छ । गत वर्ष कक्षा ११ का विद्यार्थीहरुले नयाँ पाठ्यपुस्तक अनुसार अध्ययन गरेका थिए भने यस वर्षबाट कक्षा १२ का विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार अध्ययन गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ४८ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो