काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपियो, झन कडाइ गर्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपियो, झन कडाइ गर्ने तयारी

स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप भएको छ । भदौ ८ सम्म जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ ।

पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो ।

मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।

संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ।

यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : ३२ बजे

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका