तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका– १ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका– २ अतरौलीका नवीन महतो गम्भीर घाइते भएका छन् ।

गएराति करिब ८ बजे ज४प २७०० नं को मोटरसाइकलमा चढी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुवै जनालाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ख ८८०० नं को तेल बोकेको ट्याङ्करले बर्दिबास नगरपालिका– ११ स्थित लक्ष्मिनिया चोक नजिकै ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

दुवै जनालाई राति नै उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकोमा धनपैतको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । नवीनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ११ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी