एमाले स्थायी कमिटी बैठक जारी, भीम रावलहरु पुस ५ पछि पहिलो पटक ओलीसँगै बैठकमा « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, भीम रावलहरु पुस ५ पछि पहिलो पटक ओलीसँगै बैठकमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले स्थायी कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ । विभाजनको औपचारिकता पाउन लागेको एमालेको स्थायी कमिटी बैठक बसेको हो । माधवकुमार नेपालको अगुवाईमा एमालेलाई विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रिया शुरु भएपछि एमालेको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । यो बैठकमा विभाजनअघि माधव समूहमा रहेका १० जना स्थायी किमटी सदस्यहरु एमाले बैठकमा सहभागी भएका छन् ।

उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अमृतकुमार बोहोरा र रघुजी पन्त बैठकमा सहभागी भएका हुन् । यी नेताहरु गत पुस ५ मा तत्कालिन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पहिलो पटक एमाले अध्यक्ष ओलीसँगको एमालेको बैठकमा सहभागी भएका हुन् ।

यो बैठकले यसअघि कार्यदल स्तरमा भएको १० बुँदे सहमतिका विषयमा महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ५८ बजे

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु