थप १५ हजार ४९ जनालाई निःशुल्क मास्क वितरण « Khabarhub

थप १५ हजार ४९ जनालाई निःशुल्क मास्क वितरण


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले थालेको ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत थप १५ हजार ४९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा उनीहरुलाई १५ हजार ४९ जनालाई मास्क वितरण गरिएको प्रहरीले जनाएको हो । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ९ लाख ७० हजार ८ सय ३७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ७० जनालाई ३७ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ५ सय २३ जनालाई सम्झाई बुझाई छाडिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी

अनुसन्धान मबाट सुरु होस् : राजिव खत्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजिव खत्रीले राष्ट्रिय

आयोगको प्रतिवेदनमा आफ्नो नाम देखेपछि आशिकाको आक्रोश : हिंसा गरेको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो