अहिलेको शासन प्रणालीले मुलुक धान्दैन : कमल थापा | Khabarhub Khabarhub

अहिलेको शासन प्रणालीले मुलुक धान्दैन : कमल थापा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणाली मुलुकले धान्न नसक्ने बताएका छन् ।

विदेशीको उक्साहटबाट लादिएको प्रणाली भन्दा सम्बर्द्धनवादको जगमा टेकेर नेपाललाई समृद्धिको बाटोमा लैजानुपर्ने भन्दै थापाले सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने ठोकुवा गरे ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार नगरी नहुने भन्दै थापाले मुलुकलाई स्वाधीन र समृद्धिको बाटोमा लैजाने नीति सम्बर्द्धनवाद भएको बताए ।

राप्रपा निषेधको राजनीतिबाट नभई सबैलाई समेटेर उदारतापूर्वक मुलुक निर्माणमा जुट्ने शक्ति भएको भन्दै थापाले काङ्ग्रेस कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको बताए ।

मुलुकको आवश्यता अनुसार राज्य ब्यवस्था लागू गर्दा दीगो र टिकाउ हुनेमा कसैको स्वार्थ पूरा गर्न षड्यन्त्रपूर्वक लादिएको प्रणालीले मुलुक र जनताको हित नहुने उनको भनाइ थियो। आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले महाधिवेशन केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ४५ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती