बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ, शव खाल्डो गाडेको अवस्थामा फेला « Khabarhub

बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ, शव खाल्डो गाडेको अवस्थामा फेला


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर  खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ ।

हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् ।

भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको बेला श्रीमती र बुबाबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गरी हत्या गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

दुवै जनाको शव घर नजिककै झाडीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो शङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर शव निकालेको थियो ।

शव उत्खननपश्चात् प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृतक दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । राति नै हत्या गरेर शव गाडेको शङ्का गरिएको छ । स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् ।

घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झैझगडा हुँदै आएको थियो । सोही आशङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : १९ बजे

भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १०

वार्षिक साढे ५ करोड मानिस ओहोरदोहोर गर्ने चीनको विमानस्थल (तस्बिरहरू) 

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले वि.सं. २०७६ मा उद्घाटन गरेको

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक