पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी सङ्गठनको माग | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी सङ्गठनको माग


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।

जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी गर्नुका साथै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई फिर्ता लिन पनि माग गरेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए ।

यस्तै, पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न तहको परिक्षा सञ्चालन गरिरहेको भन्दै कक्षा १२ को परीक्षा तालिका पनि चाँडो सार्वजनिक गर्न माग गरेको छ ।

कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेण्डर ध्वस्त हुने अवस्था आएको भन्दै परीक्षा तालिका सार्वजनिक गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु