कांग्रेस जिल्ला सभापतिहरुको धर्नामा नेता कोइरालाद्वारा ऐक्यवद्धता « Khabarhub

कांग्रेस जिल्ला सभापतिहरुको धर्नामा नेता कोइरालाद्वारा ऐक्यवद्धता


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस जिल्ला सभापतिहरुले थालेको धर्नामा नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी धर्नास्थल पुगेर नेता कोइरालाले ऐक्यवद्धता जनाएका हुन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान भएको जनाए पनि केही कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्ने लगायत माग राख्दै धर्नामा बसेका हुन् ।

कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको पार्टी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाएका हुन् ।

यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराएका थिए ।

सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरे लगत्तै सो प्रतिवेदन पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ । सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँ/नगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पुर्‍याइसक्ने पनि समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : ३० बजे

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले