पार्टीको अवस्था जानकारी गराउन ओलीले विशेष पत्रकार सम्मेलन गर्दै | Khabarhub Khabarhub

पार्टीको अवस्था जानकारी गराउन ओलीले विशेष पत्रकार सम्मेलन गर्दै


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वर्तमान अवस्था बारे नेता कार्यकर्तालाई जानकारी गराउने भएका छन् ।

त्यसका लागि उनले आज ११ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले पार्टी स्थायी कमिटी बैठकका निर्णय स्पष्ट गर्न र पार्टीको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

यस अघि हिजो नेता माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यले ओली नेतृत्वकै एमालेमा फर्किएर पार्टीलाई बलियो बनाउने बताएका थिए ।

पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने सहमती भएसँगै उनीहरु फर्किएका हुन् । विगतमा फरक मत राखेका नेताहरूले अब सम्मानजनक अवस्थामा एकताबद्ध भएर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ०५ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी