कृषि उत्पादनतिर सहकारी « Khabarhub

कृषि उत्पादनतिर सहकारी


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– यहाँको एक सहकारीले कृषिमा लगानी गरेको छ । शङ्खधर बहुमुखी सहकारी संस्थाले बागलुङ नगरपालिका–३ रुम्टामा कृषि व्यवसाय थालेको हो । बाइस रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर कृषि खेती सुरु गरिएको सहकारीका अध्यक्ष रतनप्रसाद मलेपतीले जानकारी दिए । रुम्टामा रहेको लक्ष्मीनारायण कला मन्दिर गुठीको खेत वार्षिक रु ८५ हजारमा भाडामा लिइएको हो ।

पहिलो चरणमा आँप, कागती, अङ्गुर, लिचीलगायत गरी ३०० फलफूलका बोट लगाइएको अध्यक्ष मलेपतीले बताए । उनका अनुसार छिट्टै तरकारी खेती, कुखुरा र बाख्रापालन व्यवसाय पनि सुरु गर्ने तयारीमा सहकारी छ । फलफूलबाहेक खाली रहेको जग्गामा व्यावसायिक धानबाली पनि लगाइएको सहकारीले जनाएको छ । कृषि व्यवसाय पूर्ण क्षमतामा सञ्चालनमा आउँदा आठदेखि १० व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष मलेपतीको भनाइ छ ।

ऋण, बचतको कारोबार गर्दै आएको सहकारी पहिलोपटक व्यावसायिकरूपमा कृषि उत्पादनमा जोडिएको हो । सहकारीले कृषिमा लगानी गर्न गत आवमा रु ५० लाख बजेट छुट्ट्याएको थियो । सहकारीले २० प्रतिशत पूँजी उत्पादनका क्षेत्रमा लगाउनुपर्ने राज्यको नीति छ । “कृषिको व्यावसायीकरणका साथै रोजगारी सिर्जना सहकारीको मुख्य उद्देश्य हो”, अध्यक्ष मलेपतिले भने, “बृहत् कृषि फार्मका रूपमा विकास गर्ने योजना छ ।”

सहकारीका सचिव युक्तजङ्ग राजभण्डारीले फलफूल खेतीका लागि नगरपालिकाले बिरुवा अनुदानमा दिएको बताए । सहकारीले गत मङ्सिरदेखि जग्गा भाडामा लिएर कृषि सुरु गरेको उनको भनाइ छ । अन्नबाली र तरकारी खेती गरिँदै आएकामा गत महिनादेखि फलफूल खेती थालिएको हो । सदरमुकाम नजिकै सस्तो भाडामा उब्जाउ जमिन पाएपछि सहकारीलाई कृषि खेतीको योजना बनाउन सहज भएको हो ।

त्यहाँको उत्पादन सजिलै बजार ल्याउन सकिन्छ । ऋण, बचतको काम मात्रै नगरी उत्पादनका क्षेत्रमा पनि लगानी गर्नुपर्ने प्रावधान भए पनि अधिकांश सहकारी त्यसतर्फ तत्पर छैनन् । केही सहकारीले गरेको लगानी पनि फलदायी हुनसकेको छैन । कृषि र पशुपालनको नाम दिएर सञ्चालित सहकारी पनि ऋण, बचतमा लागेका देखिन्छन् । कतिपय सहकारी भने स्थानीय उत्पादनको बजारीकरणमा लागेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ३३ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ