जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा « Khabarhub

जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफूपक्षीय जिल्ला सभापतिहरु आन्दोलित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ ।

नेता प्रकाशमानसिंहको निवासमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू छलफलमा जुटेका हुन् ।

पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिहरू नै आन्दोलित भएपछि पौडेल समूहको बैठक बसेको हो । बैठकमा उनीहरुको धर्ना, अनसन, माग र महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ ।

क्रियाशील सदस्यताको सूची वेबसाइटमा राख्नुपर्ने र जिल्ला सभापति उठ्ने मापदण्ड एउटै बनाइनु पर्ने मागसहित उनीहरु आन्दोलित छन् ।

पौडेल समूहले भदौ १८ अघि नै सभापतिको उम्मेदवार चयन गरेर देशभर एकताको सन्देश दिने समझदारीसमेत गरेको छ । भदौ १८ मा कांग्रेसले देशैभर वडा अधिवेशन गर्दैछ। कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ११ : २० बजे

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र