जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा « Khabarhub

जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफूपक्षीय जिल्ला सभापतिहरु आन्दोलित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ ।

नेता प्रकाशमानसिंहको निवासमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू छलफलमा जुटेका हुन् ।

पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिहरू नै आन्दोलित भएपछि पौडेल समूहको बैठक बसेको हो । बैठकमा उनीहरुको धर्ना, अनसन, माग र महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ ।

क्रियाशील सदस्यताको सूची वेबसाइटमा राख्नुपर्ने र जिल्ला सभापति उठ्ने मापदण्ड एउटै बनाइनु पर्ने मागसहित उनीहरु आन्दोलित छन् ।

पौडेल समूहले भदौ १८ अघि नै सभापतिको उम्मेदवार चयन गरेर देशभर एकताको सन्देश दिने समझदारीसमेत गरेको छ । भदौ १८ मा कांग्रेसले देशैभर वडा अधिवेशन गर्दैछ। कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ११ : २० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं