माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन ओलीको अपील « Khabarhub

माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन ओलीको अपील


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावीत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुलाई मूल घरमा फर्किन अपील गरेका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलनमा ओलीले जारी गरेको वक्तव्यमा माधव नेपालसहितका नेताहरुलाई एमालेमा फर्कन अपील गरेका छन् ।

वक्तव्यमा ओलीले भने का छन्, तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ ।’

ओलीले जारी गरेको वक्तव्य पार्टी सचिव प्रदीप ज्ञवालीले बाचन गरेका थिए ।

लगत्तै पत्रकारहरुले राखेका जिज्ञासामा ओलीले वर्तमान सरकारले जारी गरेको अध्यादेश असंवैधानिक भएको टिप्पणी गरे । सरकारले संविधानको मर्मविपरित कुनै दल विशेषलाई फुटाउने नियत राखेर अध्यादेश ल्याएकोमा आपत्ती जनाए ।

‘मेरो पालामा पनि अध्यादेश ल्याएको हो, तर मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याएको थिइनँ,’ ओलीले भने, ‘देश र जनताका लागि अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन पाइन्छ तर एमालेलाई विभाजन गर्न सोधेरै कति प्रतिशत राख्दा हुन्छ भनेर अध्यादेश ल्याइयो ।’

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : २९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं