उमेर नपुग्दै आमा बन्छन् किशोरी | Khabarhub Khabarhub

उमेर नपुग्दै आमा बन्छन् किशोरी


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाका किशोरीको उमेर नपुग्दै विवाह हुने र कम उमेरमा आमा बन्ने गरेका छन् । यसबाट उनीहरुमा मानसिक, शारीरिक तथा स्वास्थ्य समस्या देखिने थालेको पाइएको छ ।

जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनिका किशोरकिशोरीले गर्ने गर्दछन् भने करिब ७ प्रतिशत विवाह १५ वर्ष नपुग्दै हुने गरेको एक अध्ययनले देखिएको छ । गतवर्ष जिल्ला अस्पतालमा ३५४ ले प्रसूति सेवा लिए । ती मध्ये २० वर्ष मुनिका ५६ किशोरी रहेका बताइएको छ । तीमध्ये आठको सुत्केरीका क्रममा जटिलता देखिएपछि शल्यक्रिया गर्नुपरेको थियो । सोही अस्पतालमा सुरक्षित गर्भपतन गराएका १६७ मध्ये १७ जना २० वर्ष मुनिका किशोरी थिए ।

अनिच्छित गर्भधारण भएकामध्ये केही किशोरीले निजी क्लिनिकमा गएर गर्भपतन गराउने गरेको बताइएको छ । बालविवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको छ । किशोरीमा गर्भपतन गराउने दरसमेत बढ्न थालेको स्वास्थ्य कार्यालयको भनाइ छ ।

गतवर्ष जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराएका चौध हजार ८७० मध्ये एकहजार १२० जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालका अनुसार अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी थिए ।

गतवर्ष प्रहरीले मौखिक उजूरीका आधारमा ४३ बालविवाह रोकेको थियो । समुदाय तथा विद्यालयस्तरमा गठन भएका बालक्लबले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई उजूरी दिने संयन्त्र बनाएका छन् । त्यही संयन्त्रले दिएको सुराकका आधारमा प्रहरीले बालविवाह रोकेको हो ।

जिल्लामा बालविवाह विरुद्धको मुद्दा भने निकै न्यून देखिएको छ । जिल्ला प्रहरी कार्यालयले गतवर्ष बालविवाहको एउटा मात्रै मुद्दा परेको जनाएको छ । कन्यादान संस्कृतिले बालविवाहलाई बढवा दिइरहेको स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोख्रेलको भनाइ छ । उनले भने, ‘बालविवाहकै कारण जिल्लामा विद्यालय जाने उमेरका १० प्रतिशत बालबालिका अझै विद्यालय बाहिरै छन् । ‘

पढ्दापढ्दै विवाह गर्ने विद्यार्थी विवाहपछि कमैले मात्रै पढाइलाई निरन्तरता दिने गरेको पाइएको छ । यसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहोर्‍याउने सङ्ख्यासमेत घट्न सकेको छैन । कक्षा ५ मा छात्राको टिकाउ दर ९७.४ प्रतिशत रहँदा कक्षा ८ मा यो दर ९४.९ प्रतिशतमा झरेको देखिन्छ । कक्षा तथा उमेर बढ्दै जाँदा छात्राको टिकाउ दर घटिरहेको देखिन्छ ।

मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आर्चायका अनुसार सामाजिक सांस्कृतिक मूल्यमान्यताले बालविवाहलाई बढवा दिइरहेको छ । मौसमी बसाइँसराइ, गोठ बस्ने पराम्परा, मेला जात्राले जिल्लाका बालविवाहलाई प्रश्रय दिइरहेको छ उनको भनाइ छ ।

सजातीय विवाह भएमा परिवारले सहजै स्वीकार्ने र अन्तरजातीय विवाह भए मात्रै प्रहरीमा उजूरी पर्ने गरेको दलित अधिकारकर्मी तथा पत्रकार मानसिंह विकको भनाइ छ । ‘अन्तरजातीय विवाहलाई स्वीकार नगर्ने परिवारमा मात्रै यस्तो विवाह बदर गर्न उजूरी पर्ने गर्दछ,’ उनले भने ।

जिल्लामा रोल्पा नगरपालिका र सुनिलस्मृति गाउँपालिकाले मात्रै बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाएर अघि बढेका छन् । ती निकायले पाँच वर्षभित्र आफ्नो स्थानीय तहलाई बालविवाहमुक्त बनाउने गरी योजना बनाए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । बालविवाह विरुद्ध सामान्य सचेतनाका कार्यक्रमबाहेक थप प्रभावकारी कार्यक्रम देखिदैनन् । रासस

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ४० बजे

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

वासिङ्टन– राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

कमलामाई– सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

पर्यटकको रोजाइमा माग्दीको टोड्के

म्याग्दी– म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला

पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा लडाकुको आक्रमणमा परी यो वर्ष