माधव समूहको पार्टीले संसदीय दलमा २० प्रतिशत पुर्‍याउन सकेन | Khabarhub Khabarhub

माधव समूहको पार्टीले संसदीय दलमा २० प्रतिशत पुर्‍याउन सकेन

आयोग पदाधिकारीको बैठक बस्दै


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको अगुवाइमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधबार सनाखत भएको छ । अध्यादेशमार्फत संसदीय दल वा केन्द्रीय संघीय संसदको संसदीय दलमा कम्तिमा २० प्रतिशत सदस्यले दल विभाजन गर्न सकिने व्यवस्था गरिएपछि माधव समूहले एमाले विभाजन गर्दै नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा भदौ २ मा निवेदन दिएको थियो ।

आयोगमा सोमबार सो दललाई वैधता दिने प्रयोजनका लागि सनाखत गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि साविकको एमालेका २९ जना सांसदले सनाखत गरेको जानकारी दिए । उनका अनुसार एमालेको साविकको २०३ केन्द्रीय कमिटीका सदस्य मध्ये ५४ जनाले सनाखत गरेका छन् ।

संघीय संसदमा एमालेका १५४ जना सांसद थिए । त्यसको २० प्रतिशतका लागि ३१ सांसद आवश्यक पर्ने भए पनि एकीकृत समाजवादीका

लागि २९ जनालेमात्र सनाखत गरेका हुन् । संसदीय दलमा संख्या अपुग भए पनि यसले दल विभाजनमा कुनै बाधा भने पार्ने छैन ।
त्यस्तै २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशतका लागि ४१ जना सदस्य आवश्यक पर्ने भए पनि ५४ जनाले सनाखत गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्दै सरकारले सहज बनाएपछि एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्न माधव समूहलाई सहज भएको हो ।

आयोगका प्रवक्ता श्रेष्ठले सनाखतको काम सकिएकाले बुधबार नै पदाधिकारीको बैठक बस्ने जानकारी दिए । तर, बुधबार नै माधव समूहले दल दर्ताको प्रमाण पत्र पाउने वा नपाउने भन्ने विषयमा भने कुनै टुंगो छैन ।

आयोगमा बुधबारै अर्को दल समाजवादी विभाजन भएर महन्थ ठाकुरको अगुवाईमा लोकतान्त्रिक समाजवादी गठनका लागि सनाखत भएको छ । अब निर्वाचन आयोगले यी दुई नयाँ दल दर्ताबारे निर्णय गर्नेछ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : २२ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी