छाडा छोडिएका कुकुरलाई खाना खुवाउन र बन्ध्याकरण गर्न गोल्यान समूहको सहयोग | Khabarhub Khabarhub

छाडा छोडिएका कुकुरलाई खाना खुवाउन र बन्ध्याकरण गर्न गोल्यान समूहको सहयोग


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छाडा छोडिएका काठमाडौँ उपत्यकाका कुकुरको आहार व्यवस्थापन गर्न गोल्यान समूहले आर्थिक सहयोग गरेको छ ।

छाडा छाडिएका कुकुरको संख्या वर्षेनी बढ्दै गएपछि नियन्त्रण गर्न गोल्यान समूहले कुकुरको बन्ध्याकरण गर्न पनि सहयोग गरेको छ ।

गोल्यान समूहले करिब ८ वर्षदेखि छाडा छाडिएका कुकुरको हेरचाह गर्दै आएको स्नेह केयरलाई सहयोग गरेको हो ।

जस अन्तर्गत गोल्यान समूहले १ हजार २०० सामुदायिक कुकुरलाई खाना खुवाउने र पहिलो चरणमा २०० कुकुरहरूको बन्ध्याकरण गर्न सहयोग गरेको गोल्यान समूहका निर्देशक अक्षय गोल्यानले बताए ।

स्नेह केयरका कर्मचारीसँग मिलेर गोल्यान समूहले मंगलबारदेखि कुकुरलाई खाना खुवाउने थालेको उनले बताए । यो कार्यमा गोल्यान समूहका कर्मचारी पनि सहभागी भएका छन् ।

उनले भने, ‘म आफूँ पनि जनावर प्रेमी भएकाले छाडा छाडिएका कुकुरहरूलाई खाना खुवाउन पाउँदा खुशी लागेको छ ।’
कुकुरलगायत अन्य छाडा छोडिएका पशु चौपायालाई गोल्यान समूहले वर्षेनी सहयोग गर्ने उनले बताए ।

कोरोना महामरीको समयमा कुकुरले खाना नपाउँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै भोका कुकुरलाई खाना खुवाउने योजना बनेको उनको भनाइ छ ।

छाडा छाडिएका कुकुरको हेरचाहमा स्नेह केयरले राम्रो काम गरेकाले यही केयरसँग मिलेर काम गरेको गोल्यान समूहले जनाएको छ ।

गोल्यानले भने, ‘पृथ्वीमा मानिसलाई जति नै अन्य जीव जनावरलाई पनि बाँच्न पाउने अधिकार छ । उनीहरूको अधिकार मानिसले नै रक्षा गरिदिनुपर्छ । हामी यही अभियानमा छौँ ।’

जनावरलाई बचाउने जिम्मेवारी आफूहरूले लिुनपर्ने उनको भनाइ छ ।

कार्यक्रम नै बनाएर स्नेहकेयरमा भएका तथा अन्य स्थानमा छाडा छोडिएका कुकुरलाई सहयोग गर्ने गोल्यान समूहको योजना छ ।

यो कार्यले जनवार प्रति हुने अमानवीय व्यवहार नियन्त्रणमा आउन सक्ने उनको विश्वास छ । छाडा छोडिएका पशुमाथि मानिसको अमानवीय व्यवहार बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

यो वर्ष चार चरणमा ४०० कुकुरको बन्ध्याकरण गर्न स्नेहकेयरलाई सहयोग गर्ने गोल्यान समूहको योजना छ ।

गोल्यान समूहले प्रत्येक चरणमा १०० कुकुरको बन्ध्याकरण गर्न सहयोग गर्नेछ । त्यस्तै १२ सय कुकुरलाई खाना खुवाउने योजनामा गोल्यान समूहको छ ।

गोल्यान समूहबाट सहयोग पाउँदा आफुलाई थप हौसला पुगेको स्नेय केयर सञ्चालिका स्नेह श्रेष्ठले बताइन । उनले भनिन, ‘उहाँहरूको सहयोगले यस क्षेत्रमा थप काम गर्ने हौसला मिलेको छ ।’

गल्लीका कुकुरले केही दिन भएपनि मिठो खान पाउने भन्दै श्रेष्ठले गोल्यान समूहलाई धन्यवाद दिइन ।
प्राइभेट क्लिनिकमा बन्ध्याकरण गर्न सात हजार भन्दा पनि बढी लाग्ने भएपनि आफुहरूले २ हजार ५०० रुपैयाँमा बन्ध्याकरण गर्ने गरेको उनले बताइन ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : २१ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी