झलनाथ खनालको सनाखतलाई आयोगले दियो मान्यता « Khabarhub

झलनाथ खनालको सनाखतलाई आयोगले दियो मान्यता


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बन्न लागेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को दर्ता प्रक्रियाका लागि बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सनाखतलाई मान्यता दिइएको छ ।

उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले दिल्लीस्थित नेपाली दूतावासमा सनाखत गरेको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खबरहबलाई बताए । उनले भने, ‘उहाँ (खनाल)ले दिल्लीस्थित दूतावासबाट सनाखत गरेकोलाई यहाँ मान्यता दिइएको छ ।’

नेता खनालको सनाखतलाई मान्यता दिएसँगै प्रस्तावित एकीकृत समाजवादीका लागि सनाखत गर्ने सांसदको संख्या ३० पुगेको छ । यस्तै केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ । खनालको सनाखतलाई मान्यता दिए पनि सनाखतका लागि आयोगमा पुगेका ३ जना सांसदहरुले भने सनाखत गर्न पाएनन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ५८ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं