सचेत गराउने छानबिन समितिको सिफारिसपछि पद छाड्ने अल्मुताइरीको घोषणा | Khabarhub Khabarhub

सचेत गराउने छानबिन समितिको सिफारिसपछि पद छाड्ने अल्मुताइरीको घोषणा


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म छाड्छु, राजनीति गर ।’

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो प्रकरण छानबिनका लागि गठन गरिएको समितिले प्रतिवेदन राखेपलाई बुझाएको छ ।

बुधबारै समितिले राखेपलाई बुझाएको प्रतिवेदनमा प्रमुख प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन सिफारिस गरिएको छ । सो प्रतिवेदन सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले पद छाड्ने बताएका हुन् ।

छानबनि समितिले सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको छ । साफ च्याम्पियनसिपको तयारी रहेको नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने अन्तिम तयारी गर्दा प्रशिक्षक अल्मुताइरीले फेरि विवाद सिर्जना गरेका छन् । यसअघि उनले टिम छाड्ने बताएका थिए ।

तर त्यतिबेला उनलाई पद नछाड्न मनाइएको थियो । अब उनले घोषणालाई कार्यान्वयन गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

अल्मुतइरीले नेपाली टिमलाई प्रशिक्षण दिन थालेपछि टिमले नयाँ लय समातेको थियो । नेपालले मैदानमा आक्रामक खेल देखाउन थालेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : १५ बजे

‘हरिबहादुर’ अब ठूलो पर्दामा 

काठमाडौं– नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान

अझै कायम छ ‘कटुवाल प्रथा’

लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं – अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुर– कञ्चनपुरको लालझाँडी गाउँपालिका– ३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक