१५ किलो गाँजासहित बाराबाट २ जना पक्राउ | Khabarhub Khabarhub

१५ किलो गाँजासहित बाराबाट २ जना पक्राउ


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज-  प्रहरीले बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ का ३३ वर्षीय दीपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा १५ किलो गाँजा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित वीरगञ्ज पथलैया सडकखण्डको रातोपुल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : २२ बजे

केही भूभागमा ठूलो वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वरिष्ठ इरानी सैन्य अधिकारी सदमानी मारिएको पुष्टि

तेहरान – इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु

सुरक्षा खर्च बढाउने नाटोको निर्णय : अमेरिका र पश्चिमा सभ्यताको जित भएको ट्रम्पको भनाइ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोले सुरक्षा खर्च पाँच

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १२ गते बिहीबार। असार