७२ पिन्ट रगत सङ्कलन « Khabarhub

७२ पिन्ट रगत सङ्कलन


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ ।

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।

लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिए ।

कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

“रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ”, उनले भने ।

नगर प्रमुख किसान गुरुङले कोरोनाका कारण बिरामी अप्ठ्यारामा परेको जनाउँदै बिरामीको जीवन बचाउन लायन्सले उत्कृष्ट काम गरेको उल्लेख गरे ।

सो अवसरमा लायन्सको क्लष्टर १४ का चिफ सन्तोष घिमिरे, रक्तदान संयोजक महेश पौडेल, शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, लायन्सका रिजन चियर पर्सन प्रदीप थापा, जोन चियर पर्सन मिनबहादुर लामिछाने, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले धारणा व्यक्त गरे ।

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले अघिल्लो महिना दुलेगौडावासीले पिउने खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गरेको थियो ।

पछिल्लो समय तनहुँमा रहेका लायन्स क्लबले रगत अभावको समस्या टार्न रक्तदान कार्यक्रम गरिरहेका छन् । रक्तदान कार्यक्रम बढ्न थालेसँगै रगत दान गर्नुपर्छ भन्ने चेतना सर्वसाधारणमा बढ्न थालेको पाइन्छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : ४० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक