हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप | Khabarhub Khabarhub

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ ।

भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्र वटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् ।

क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ ।

यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताए ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सुरु भइसकेको र सरकारले विद्युतीय तारबारका लागि चालु बजेटमा रु तीन करोड विनियोजन गरेको उनले जानकारी दिए । सो बजेट डीपीआर निर्माण र तारबारमा खर्चिने कार्यक्रम छ ।

उक्त बजेटबाट जिल्लाको उत्तरी क्षेत्र बाहुनडाँगीदेखि दक्षिणको जलथल जङ्गलसम्म विद्युतीय तारबार गर्ने र जङ्गलभित्र हात्तीको आहारका लागि केरा, बाँसलगायतका बोटविरुवा रोप्ने योजना छ ।

कचनकबलको जलथलदेखि मेचीनगरको बाहुनडाँगीसम्म १५२ किलोमिटर लामो विद्युतीय तारबार परियोजना एक दशकअघि नै सुरु भएको हो । अहिलेसम्म जलथलदेखि रङ्गेडाँडासम्म ३७ किलोमिटर, देउनियाँबाट पुहाँतुबारीसम्म छ किलोमिटर र बाहुनडाँगीदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार योजना सम्पन्न भइसकेको छ ।

यस वर्ष चारआली वन खण्डदेखि मागुरमाडीसम्मको छ किलोमिटर र मागुरमाडी वनखण्डको ५२ किलोमिटरमा तारबार निर्माण सुरु गरिने भएको हो ।

क्रमागत बजेटअनुसार वन मन्त्रालयले नयाँ तारबारका लागि रु तीन करोड विनियोजन गरेको र राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने बताइएको छ ।

बुधबार मेचीनगर नगरपालिकाले परियोजना क्षेत्रका वन समितिका पदाधिकारी, नगर पदाधिकारी, प्रदेशसभा सदस्य र वन संरक्षण क्षेत्रको टोलीबीच यसै विषयलाई लिएर अन्तक्रियाको आयोजना गरिएको थियो ।

कार्यक्रमका सहभागी सबैले जनताको निरन्तरको माग र जनप्रतिनिधिको लामो प्रयासपछि विद्युतीय तारबार निर्माण सुरु हुन लागेकाले खुशी व्यक्त गरेका थिए ।

मेचीनगरका नगरप्रमुख विमल आचार्यले जङ्गली हात्तीबाट सिर्जित समस्याको दीर्घकालीन समाधानमा सबैपक्ष लाग्नुपर्ने बताए । उपप्रमुख मीना उप्रेतीले हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारबार नै उत्तम उपाय रहेको बताए ।

जङ्गलमा आहार नपाएपछि भोकाएको हात्तीले गाउँघर चहारेर त्रास सिर्जना गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले करिडर निर्माण गरिरहँदा हात्तीले रुचाउने र अघाउने आहारका लागि उपयुक्त बोटविरुवा हुर्काउनेतर्फ बेलैमा ध्यान दिन आग्रह गरे ।

सबैभन्दा पहिले निर्माण गरिएको बाहुनडाँगीको तिरिङदेखि दक्षिण काँकडभिट्टा छेउसम्मको १८ किलोमिटर विद्युतीय तारबारमा भारतबाट आउने हात्तीको बथानले यस वर्ष निकै तोडफोड गरेको पाइएको छ ।

भारतबाट १०० को हाराहारीमा हात्ती आउने गर्दा तिनलाई धपाउन सकिने सम्भावना हुँदैन । अर्कातिर स्थानीय जङ्गलमा एक दर्जन रैथाने हात्ती छँदैछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले परियोजनाका बारेमा जानकारी गराउँदै अहिले बनाउन लागिएको डीपीआरमा सरोकारवाला सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ९ : ५५ बजे

‘भोजपुरे खुकुरी’ पाँच सयदेखि ५२ हजारसम्ममा बिक्री

भोजपुर– देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि

धान बेच्न किसान रातभर लाइनमा

घोडाघोडी– यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा

मेलम्चीको पानी काठमाडौं पठाउन बन्द

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका

उच्छृङ्खलताले घटाएको राजेन्द्र खड्गीको कद

काठमाडौं– द्वन्द्व निर्देशक तथा खलनायकका रुपमा परिचित राजेन्द्र खड्गीलाई पछिल्लो समय

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात