पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र « Khabarhub

पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरुलाई कारोना महामारी कायम अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन पत्रचार गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति मंगलबार इन्जिनियरिङ कलेजको विवादित शुल्कको विषयमा कोरोना महामारीको रहेको अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन निर्देशन दिएकाले विश्वविद्यालयले पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सूदुरपश्चिम विश्वविद्यालयलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको हो ।

मंगलबार संसदीय शिक्षा तथा स्वास्थ्य समिति अध्यक्ष जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले कोभिडको समयमा अन्य क्रियाकलाप नभएकाले अध्ययन शुल्क मात्र गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट सम्बन्धन लिएका १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरू शुल्क समायोजनको माग राख्दै करिब तीन साता आन्दोलनमा उत्रेका छन ।

कोरोना महामारीमा अनलाइनबाट पढाएर भौतिक उपस्थितिमा पढाए सरह शुल्क लिएको आन्दोलनरत विद्यार्थीको आरोप छ । ललितपुरस्थित हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरू शुल्क समायोजनको माग राखेर गत साउन २२ गतेदेखि आन्दोलनमा छन् ।

उनीहरू दुई सातादेखि अनशनमा बसेका छन् । यही मागमा अन्य केही कलेजका विद्यार्थीहरूले पनि तालाबन्दी गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ५० बजे

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक