पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र | Khabarhub Khabarhub

पढाइ बाहेक अन्य शुल्क नलिन विश्वविद्यालयहरूलाई शिक्षा मन्त्रालयको पत्र


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरुलाई कारोना महामारी कायम अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन पत्रचार गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति मंगलबार इन्जिनियरिङ कलेजको विवादित शुल्कको विषयमा कोरोना महामारीको रहेको अवस्थामा पढाई बाहेक अन्य शुल्क नलिन निर्देशन दिएकाले विश्वविद्यालयले पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सूदुरपश्चिम विश्वविद्यालयलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको हो ।

मंगलबार संसदीय शिक्षा तथा स्वास्थ्य समिति अध्यक्ष जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकले कोभिडको समयमा अन्य क्रियाकलाप नभएकाले अध्ययन शुल्क मात्र गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट सम्बन्धन लिएका १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरू शुल्क समायोजनको माग राख्दै करिब तीन साता आन्दोलनमा उत्रेका छन ।

कोरोना महामारीमा अनलाइनबाट पढाएर भौतिक उपस्थितिमा पढाए सरह शुल्क लिएको आन्दोलनरत विद्यार्थीको आरोप छ । ललितपुरस्थित हिमालय कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरू शुल्क समायोजनको माग राखेर गत साउन २२ गतेदेखि आन्दोलनमा छन् ।

उनीहरू दुई सातादेखि अनशनमा बसेका छन् । यही मागमा अन्य केही कलेजका विद्यार्थीहरूले पनि तालाबन्दी गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  १२ : ५० बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।