गर्भवतीलाई सुगर भए कसरी केयर गर्ने ? | Khabarhub Khabarhub

गर्भवतीलाई सुगर भए कसरी केयर गर्ने ?


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पछिल्लो केही दशकयता गलत जीवनशैली र खानपानका कारण गर्भवती महिलामा मधुमेह (सुगर)को समस्या देखिने गरेको छ ।

गर्भावस्थामा देखिने मधुमेहलाई जेस्तेसनल मधुमेह भनिन्छ । अधिकांश महिलामा यो मधुमेह सुत्केरी भइसकेपछि हराउने गर्छ । तर, गर्भवती भएको अवस्थामा हुने यो मधुमेहले बच्चाको स्वास्थ्यमा असर पार्छ ।

गर्भवती हुनुअघि नै महिलामा मधुमेह भएमा या गर्भवती भइसकेको अवस्थामा मधुमेह राम्रोसंग नियन्त्रणमा ल्याइएन भने यसले समस्या निम्त्याउन सक्छ । गर्भावस्थाका सुरुकै दिनहरूमा मधुमेह नियन्त्रित नभएमा शिशुको शारीरिक बनावटमा असर हुन्छ । कतिपय अवस्थामा मधुमेहकै कारण विकलांग बच्चा जन्मिने खतरा हुन्छ । साथै यसले गर्भमा हुर्कदै गरेको बच्चाको मुटु, दिमाग र ढाडमा सीधै असर गर्न सक्छ ।

गर्भवती महिलामा मधुमेह लाग्दा गर्भपात हुने सम्भावना समेत बढेर जान्छ । गर्भावस्थाका पछिल्ला महिनाहरूमा शिशुलाई पोषण अत्यधिक बढी भएर शारीरिक तौल बढ्न पुग्छ । बच्चा सामान्यभन्दा बढी तौलको हुदा प्रसवकालमा चोटपटक लाग्ने, सामान्य तरिकाले जन्मिन नसकेर अप्रेसन गर्नुपर्ने तथा शिशुको मृत्यु नै हुन सक्ने जोखिम रहन्छ ।

मधुमेह रोग लागेका महिलाको पेटमा भएको बच्चा जन्मिएपछि पनि मृत्यु हुन सक्ने खतरा रहन्छ । समय नपुग्दै बच्चा जन्मिने सम्भावना बढी हुने भएकाले मृत्युको खतरा उच्च हुन्छ । जन्मिनेबित्तिकै नवजात शिशुमा चिनीको मात्रा धेरै घटेर कम्पन हुने वा बेहोस हुने हुन्छ ।

समग्रमा मधुमेहरोगी आमाको पेटमा रहेको बच्चालाई समेत यसले असर पार्दछ । त्यसैले गर्भवती महिलाले आफुलाई मधुमेह हुन नदिन सचेत बन्नु पर्दछ । अझ ३० वर्षभन्दा बढी उमेरका गर्भवती महिलालाई मधुमेहको खतरा बढी हुने भएकाले सजग हुन अत्यन्त आवश्यक छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ५८ बजे

कांग्रेस–एमाले किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

लुम्बिनी– राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी

धार्मिक सामग्री उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्छ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक कार्यमा प्रयोग हुने

संवैधानिक परिषद् विधेयक : सिंहदरबार र शीतलनिवासबीच द्वन्द्व

काठमाडौँ – संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई लिएर सत्तारुढ दुई दल नेपाली