यसरी कम गर्न सकिन्छ तनाव | Khabarhub Khabarhub

यसरी कम गर्न सकिन्छ तनाव


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भविष्य, काम, घरपरीवारको चिन्ता, शिक्षा लगायका कारणले मानिस तनावमा रहने गर्दछ । व्यस्त जीवनशैलीमा तनाव अधिकाशंकालागी आम भइसक्यो । तर लामो समयमा सम्म तनाव रहनु भने घातक हुने देखिएको छ । त्यसैले तनाव कम गर्न आवश्यक छ । यसकालागि केही महत्वपुर्ण टिप्स निम्न छन् :

१. तनाव कम गर्न सबैभन्दा पहिले आफुलाई तनाव भएको कारण बुझ्नु पर्दछ । विशेषगरी ती मानिसबाट टाढा हुनुहोस् जसले तनाव बढाउँछन् ।

२. तनावलाई कम गर्न संगीत सबैभन्दा राम्रो विकल्प हुन्छ । तनाव भएको बेलामा मन भुलाउने संगित सुन्दा तनाव कम हुन्छ । तर पीडादायि संगित सुन्नु घातक हुनसक्छ ।

३. तनाव कम गर्ने अर्को विकल्प हो, दैनिक टहल्ने । दिनहुँ हिड्ने बानीको विकास गर्दा वा कुनै मिल्ने साथीलाई भेट्दा सहजै तनाव कम हुन पुग्दछ ।

४. व्यायामलाई रुटिनमा समावेश गरे शरिर र मस्तिष्कले आराम पाउँछ । साथै, व्यायामले मुड पनि ठिक पार्छ । तर यसकालागि नियमित व्यायाम गर्न आवश्यक छ ।

५. केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे परिवार, साथीभाइ, चिकित्सक वा थेरापिष्टसँग कुराकानी गर्दा पनि लाभ हुन्छ ।

६. तनाव व्यवस्थापनकालागि तनावको कारण खोज्नुहोस् । यदि तनावको वास्तविक कारण थाहा पाइयो भने आधा तनाव यत्तिकै कम हुनेछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ३५ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,