कक्षा १२ लगायतका परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह « Khabarhub

कक्षा १२ लगायतका परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ लगायतका परीक्षा दिने परीक्षार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गर्दै मन्त्रालयले कक्षा १२ को परीक्षा दिन तयारी गरिरहेका र अन्य विभिन्न निकाय परीक्षार्थीहरुलाई खोप लगाउन आग्रह गरेको हो । परीक्षार्थीहरुलाई खोप लगाउने व्यवस्था मिलाइसकेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘शिक्षा मन्त्रालयको अनुरोध अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकिएका विभिन्न खोप केन्द्र मार्फत कक्षा १२ र सो भन्दा मागिका विभिन्न तहका परीक्षामा सहभागी हुनुहुने विद्यार्थीहरुलाई लक्षित गरि कोभिड–१९ विरूद्ध गराउने प्रबन्ध मिलाई सकिएको छ ।’

१८ वर्ष वा सो भन्दा बढी उमेर समूहका सबै परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् विभिन्न विश्वविद्यालयहरुबाट उपलब्ध गराईएको प्रवेश पत्र सहित तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : ३० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको