कक्षा १२ लगायतका परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह | Khabarhub Khabarhub

कक्षा १२ लगायतका परीक्षार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ लगायतका परीक्षा दिने परीक्षार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गर्दै मन्त्रालयले कक्षा १२ को परीक्षा दिन तयारी गरिरहेका र अन्य विभिन्न निकाय परीक्षार्थीहरुलाई खोप लगाउन आग्रह गरेको हो । परीक्षार्थीहरुलाई खोप लगाउने व्यवस्था मिलाइसकेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘शिक्षा मन्त्रालयको अनुरोध अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकिएका विभिन्न खोप केन्द्र मार्फत कक्षा १२ र सो भन्दा मागिका विभिन्न तहका परीक्षामा सहभागी हुनुहुने विद्यार्थीहरुलाई लक्षित गरि कोभिड–१९ विरूद्ध गराउने प्रबन्ध मिलाई सकिएको छ ।’

१८ वर्ष वा सो भन्दा बढी उमेर समूहका सबै परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् विभिन्न विश्वविद्यालयहरुबाट उपलब्ध गराईएको प्रवेश पत्र सहित तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : ३० बजे

विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।