तालिबानले पाकिस्तानलाई भन्यो दोस्रो घर, भारतबारे पनि बोल्यो | Khabarhub Khabarhub

तालिबानले पाकिस्तानलाई भन्यो दोस्रो घर, भारतबारे पनि बोल्यो


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा दोस्रो पटक सत्तामा आएको इस्लामिक कट्टरपन्थी तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर भएको बताएको छ । तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान दोस्रो घर भएको भन्दै आफूहरुले पाकिस्तानविरुद्ध केही हुन नदिने बताएका छन् ।

बीबीसीका अनुसार अफगानिस्तानको भूमिलाई कुनै अर्को मुलुकविरुद्ध प्रयोग हुन नदिनेसमेत बताएका छन् । उनले अफगानिस्तानमा इस्लामिक आतंकि संगठन आईएसआईएसको कुनै संगठन नरहेकोसमेत बताएका छन् । उनले अफगानिस्तानमा कुनै आतंकी संगठनलाई स्थान नभएको बताएका छन् ।

तालिबानले भारत र पाकिस्तानको सम्बन्धबारे पनि बोलेको छ । तालिबान प्रवक्ता मुजाहिदले भारत र पाकिस्तानले आपसी विवाद वार्ताकै माध्यबाट सुल्झाउनुपर्ने बताएका छन् । उनले दुबै देश छिमेकी भएको भन्दै छिमेकीबीचको समस्या समाधान हुनुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबानले जम्मू कश्मीरबारे बोल्दै भारतले विवादित क्षेत्रका विषयमा संवेदनशील सकरात्मक हुनुपर्ने बताएका छन् । उनले तालिबानले भारतसँग पनि सुमधुर सम्बन्ध चाहेको बताएका छन् । तर अफगानिस्तानमा तालिबानको कब्जा भएपछि भारतले आफ्नो दूतावास बन्दसमेत गरेको छ ।

यसैबीच इस्लामिक संगठन अल कायदाले अफगानिस्तानमा तालिबानले कब्जा गरेकोमा बधाइ दिएको छ । बीबीसीका अनुसार अल कायदाको एसियाली संगठनले एक वक्तव्य जारी गर्दै बधाई दिएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : ४२ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ