तालिबानले पाकिस्तानलाई भन्यो दोस्रो घर, भारतबारे पनि बोल्यो « Khabarhub

तालिबानले पाकिस्तानलाई भन्यो दोस्रो घर, भारतबारे पनि बोल्यो


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा दोस्रो पटक सत्तामा आएको इस्लामिक कट्टरपन्थी तालिबानले पाकिस्तानलाई आफ्नो दोस्रो घर भएको बताएको छ । तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान दोस्रो घर भएको भन्दै आफूहरुले पाकिस्तानविरुद्ध केही हुन नदिने बताएका छन् ।

बीबीसीका अनुसार अफगानिस्तानको भूमिलाई कुनै अर्को मुलुकविरुद्ध प्रयोग हुन नदिनेसमेत बताएका छन् । उनले अफगानिस्तानमा इस्लामिक आतंकि संगठन आईएसआईएसको कुनै संगठन नरहेकोसमेत बताएका छन् । उनले अफगानिस्तानमा कुनै आतंकी संगठनलाई स्थान नभएको बताएका छन् ।

तालिबानले भारत र पाकिस्तानको सम्बन्धबारे पनि बोलेको छ । तालिबान प्रवक्ता मुजाहिदले भारत र पाकिस्तानले आपसी विवाद वार्ताकै माध्यबाट सुल्झाउनुपर्ने बताएका छन् । उनले दुबै देश छिमेकी भएको भन्दै छिमेकीबीचको समस्या समाधान हुनुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

तालिबानले जम्मू कश्मीरबारे बोल्दै भारतले विवादित क्षेत्रका विषयमा संवेदनशील सकरात्मक हुनुपर्ने बताएका छन् । उनले तालिबानले भारतसँग पनि सुमधुर सम्बन्ध चाहेको बताएका छन् । तर अफगानिस्तानमा तालिबानको कब्जा भएपछि भारतले आफ्नो दूतावास बन्दसमेत गरेको छ ।

यसैबीच इस्लामिक संगठन अल कायदाले अफगानिस्तानमा तालिबानले कब्जा गरेकोमा बधाइ दिएको छ । बीबीसीका अनुसार अल कायदाको एसियाली संगठनले एक वक्तव्य जारी गर्दै बधाई दिएको हो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ६ : ४२ बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी