अफगानिस्तानमा तालिबानको कब्जामा पाकिस्तान जिम्मेवार: अमरुल्ला सालेह « Khabarhub

अफगानिस्तानमा तालिबानको कब्जामा पाकिस्तान जिम्मेवार: अमरुल्ला सालेह


१० भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानका पहिलो उपराष्ट्रपति अमरुल्ला सालेहले अफगानिस्तानमा तालिबानले कब्जा गर्नुमा पाकिस्तान जिम्मेवार रहेको बताएका छन् । काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर उपत्यका पुगेका उनले तालिबानको कब्जाका लागि अअमेरिकी विशेष प्रतिनिधि जलमई खलीलजाद र पाकिस्तान जिम्मेवार रहेको बताएका हुन् ।

बीबीसी न्यूजसँग कुरा गर्दै उनले तालिबानको माध्यमबाट पाकिस्तानले अमेरिकालाई ब्ल्याकमेल गरेको र अमेरिकाले फिर्ता हुनुभन्दा अगाडि अफगान सरकारलाई तयारी गर्ने समय नदिएको टिप्पणी गरेका छन् ।

अमरुल्ला सालेहले अमेरिकाले अफगान सेनालाई हवाई आक्रमणमा सहयोग गर्न बन्द गरेको बताए । उनले आफूहरु अफगान सेनासम्म पुग्नै नपाएको भन्दै यही कारण अफगान सेनाले तालिबान समक्ष आत्मशमर्पण गरेको बताए । उनले अमेरिकाले यो भारीबाट कहिल्यै छुट नपाउने बताएका छन् ।

तत्कालिन राष्ट्रपति अश्रफ घानी भागेर यूएई पुगेपछि अमरुल्ला सालेहले आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार  ७ : १० बजे

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी