काठमाडौँ– धरान उपमहानगरपालिले पहिलो मात्रा खोप लगाएकाहरुका लागि यही भदौ १३ देखि १६ गतेसम्म विभिन्न खोप केन्दमा खोप प्रदान गर्ने भएको छ ।
उपमहानगरले आज विज्ञप्ति जारी गर्दै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र खोप लगाउन लागेको जानकारी दिएको हो ।
उपमहानगरले हालसम्म आफ्नो क्षेत्रका ३७ हजार ३०५ जना नागरिकहरुले खोप लगाएको जानकारी दिएको छ । महानगरपालिकाको तथ्यांक अनुसार १४ हजार २५३ जनाले दोस्रो मात्रा लगाएका छन् ।
पहिलो मात्रा खोप लगाएका र खोप लगाउन छुटेकाहरुलाई पहिलोमात्रा खोप लगाएको कार्डसहित तोकिएका खोप केन्द्र आउन उपमहानगरले आग्रह गरेको छ ।
यस्तो छ खोप तालिका
प्रतिक्रिया