बाढीले बगाएर ललितपुरमा एक महिलाको मृत्यु, एक बालिका बेपत्ता « Khabarhub

बाढीले बगाएर ललितपुरमा एक महिलाको मृत्यु, एक बालिका बेपत्ता


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- वाग्मती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनुका साथै एक बालिका बेपत्ता भएकी छन्।

तीन दिनदेखिको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु भएको हो ।

वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा करिब आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए ।

स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान भएको बताए ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक  राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए ।

केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुबानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : २५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका