जर्मन बुन्डेसलिगा : बोरुसिया डर्टमण्डको संघर्षपूर्ण जित « Khabarhub

जर्मन बुन्डेसलिगा : बोरुसिया डर्टमण्डको संघर्षपूर्ण जित


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति डर्टमण्डले रोमाञ्चक खेलमा होफेनहेमलाई ३–२ को अन्तरले  हराएको हो ।

खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै मुनास डाब्बरले होफेनहेमको हार टार्न खोजे पनि सम्भव भएन । इन्ज्युरी समयमा इर्लिङ हालान्डले विजयी गोल गरे ।

खेलमा अग्रता डर्टमण्डले जियोभन्नी रेनाको गोलबाट लिएको थियो । क्रिस्टोफ बाउमगार्टनरले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । लगत्तै १८ वर्षिया बेलिङ्गहमले डर्टमण्डलाई पुन अग्रता दिलाए ।

होफेनहेले खेलको ९०औँ मिनेटमा डाब्बरको गोलबाट खेल बराबरी गर्न सफल भयो । इन्ज्युरी समयमा हालान्डले गोल गर्दै डर्टमण्डलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसहित डर्टमण्ड ३ खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । होफेनहेमको ३ खेलबाट समान ६ अंक भएपनि गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ४० बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)