आगामी निर्वाचनमा एकमुष्ठ जवाफ दिन्छौं : ओली « Khabarhub

आगामी निर्वाचनमा एकमुष्ठ जवाफ दिन्छौं : ओली


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरिएको आरोप लगाएका छन् । शनिबार ललितपुरको लुभुमा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा गर्दै ओलीले महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै पार्टीका केही नेताहरुले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाए ।

ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई कुनै फरक नपर्ने स्पष्ट पारे । चुनावी तालमेल गराएर एमालेको अत्यधिक मतसहितको ठूलो दल बनाए पनि प्रदेश प्रदेशमा एमाले सरकारलाई गिराएर एमालेलाई कमजोर बनाउने काम भएको उनले बताए।

ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गरे । मुलुकलाई अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने उनले बताए ।

नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले एमाले छाडेर माधवको पार्टीमा गएमा राजनीतिक भविष्य सिद्धिने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ५० बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल