माधवजी र मैले खाएको लड्डुको स्वाद जान नपाउँदै घनले हानियो : प्रचण्ड « Khabarhub

माधवजी र मैले खाएको लड्डुको स्वाद जान नपाउँदै घनले हानियो : प्रचण्ड


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रगितमनको खतरा अझै पनि रहेको बताएका छन् । उनले आफूहरुले जित्नै लागेका बेला प्रतिगमनले घन हान्ने गरेको बताएका छन् । शनिवार वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले प्रतिगमन पराजित भयो भनेर लड्डु खाएको तर त्यो लड्डुको स्वाद जान नपाउँदै घनले ड्याम्म हानिएको बताए ।

पुस ५ मा तत्कालीन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालले त्यसलाई प्रतिगमन भन्दै सडक आन्दोलन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसला गरेपछि सो दिन चितवनमा रहेका प्रचण्ड र नेपालले लड्डु खाएका थिए । तर, फागुन २३ मा सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुबैजनालाई घनले हाने जस्तै भएको थियो । प्रचण्डले शनिबार सोही सन्दर्भ स्मरण गरेका हुन् ।

शनिबार सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रचण्डले आक्रोश पोखे । उनले ओली प्रवृति भने ठग प्रवृत्ति भएको बताए । उनले ओलीको चाला ठग्ने रहेको आफूहरुले थाहा नै नपाउँदा तमसुक हेरेर बस्नुपरेको बताए । उनले भने, ‘हामी त जे गर्ने भन्यो त्यो गर्ने हौं, उहाँ त जे गर्छु भन्ने त्यो नगर्ने ठग प्रवृतिको हुनुहुँदो रहेछ । तमसुकमा सही गरियो, त्यहि हेरेर बसियो ।’ आफू तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पद् पड्काएको बताए ।

माओवादी केन्द्र र एमालेबीच एकीकरण हुँदा आलोपालो प्रधानमन्त्री बन्ने कागज गरिए पनि ओलीले त्यसलाई कार्यान्वयन नगरेको विषयलाई प्रचण्डले शनिबार तमसुक हेरेर बसेको बताएका हुन् । ओलीसँगको संगले आफूलाई ज्ञान प्राप्त भएकोसमेत प्रचण्डले बताएका छन् । उनले ओली ठग हुन् भन्ने प्राप्त भएको बताएका हुन् । अहिलेको गठबन्धनका नेताहरुले आफूलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर प्रश्न गरेको भन्दै आफूले ज्ञान पाएँ भनेर जवाफ दिने गरेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : २४ बजे

रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका

हेटौंडा सडक विस्तारका पीडितको माइतीघरमा बाजासहित विरोध प्रदर्शनी (तस्बिरहरू)

काठमाडौं– हेटौंडा सडक विस्तारका पीडितहरूले माइतीघरमा बाजा सहित विरोध प्रदर्शन

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट