भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी « Khabarhub

भरतपुर अस्पतालमा ठगिन्छन् बीमाका बिरामी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका ‘फोकल पर्सन’ नारायण सापकोटा आफैले हेर्ने बीमा कार्यक्रममा ठगिएका छन् ।

श्रीमतीको पित्तथैलीको शल्यक्रिया गर्दा बीमामा रु २७ हजार ५०० दाबी गरे । त्यसोत अस्पतालमा औषधि नभएपछि रु चार हजारको औषधि बाहिर किन्नुपर्‍यो ।

आम नागरिक झै बीमाबाट रकम काट्ने र छुट्टै औषधि किन्नु पर्दा आफू पनि मर्कामा परेको उनले स्वीकार गरे । बीमा बोर्डसँग भरतपुर अस्पतालले शल्यक्रियाको औषधि, परीक्षण, श्यया, शल्यक्र्रिया शुल्कलगायत सबैको प्याकेजमा रकम तय भएको छ ।

अस्पतालले शल्यक्रिया गर्दै गर्दा आफूले सुविधा दिन नसके पनि पूरै रकम सेवाग्राहीको खाताबाट दाबी गरेर बीमा बोर्डसँग लिने गर्दछ । सापकोटाले भने, “औषधि उपलब्ध गराउने जिम्मा अस्पतालको हो ।”

दोहोरो खर्च गराउनु गलत भएको उनले बताए ।

बीमाले लगभग ८० प्रतिशत औषधि समेटेको भए पनि अस्पतालले दिन नसकेको उनको भनाइ छ । अस्पतालमा औषधि नहुँदा शल्यक्रियासँगै दमका बिरामी, ज्वरोका बिरामी पनि मर्कामा पर्ने गरेको सापकोटाको भनाइ छ ।

अस्पताल र बीमा बोर्डका बीचमा पित्तथैलीको ल्याबकोली (मेसिनबाट गरिने शल्यक्रिया) गर्दा प्याकेजमा रु २७ हजार ५०० दाबी गर्ने उल्लेख छ भने चिरेर शल्यक्रिया गर्दा रु १८ हजार उल्लेख छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ३ : १३ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी