शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल | Khabarhub Khabarhub

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो ।

डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ । प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिए ।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न सकेको छैन । सो बक्यौता रकम तिर्न प्राधिकरणले केन्द्रीय कार्यालयसम्म जानकारी गराएपनि हालसम्म रकम उठ्न नसकेको प्रमुख साहको भनाइ छ ।

सर्वोच्च अदालतले उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई दुई वर्षअघि नै आदेश दिएको थियो । तर हालसम्म पनि उक्त रकम तिरेको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ४५ बजे

रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट

काठमाडौं- रक्षा बमको संयोजकत्वमा जेन-जी फ्रन्ट गठन घोषणा गरिएको छ।

वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रहेछ’

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका

बेमौसमी वर्षाले किसान दोहोरो मारमा

सिरहा – लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा