६८ प्रतिशत नेपालीमा कोरोनाको एन्टिबडी ! « Khabarhub

६८ प्रतिशत नेपालीमा कोरोनाको एन्टिबडी !


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गरेको एक सर्वेक्षणले आधाभन्दा धेरै नेपालीमा कोरोना भाइरसको एन्टिबडी रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गत असार २१ गतेदेखि साउन ३० गतेसम्म गरिएको सर्वेक्षणमा ६८. ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी भएको पुष्टि भएको जनाएको छ । सर्वेक्षणमा ६ महिनाका बालकासमेत १३ हजार १६१ जनाको नुमना समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

सर्वेक्षणको यो नतिजाअनुसार आधाभन्दा धेरै नेपालीहरु कोरोना संक्रमित भएर ठिक भइसकेको संकेत गरेको छ । कोरोना संक्रमित भएकाहरुमा कोरोनाविरुद्धको एन्टिबडी बन्ने गर्छ । मन्त्रालयका अनुसार हिमाल, पहाड र तराईँ तथा सबै उमेर समूह र लिंगमा समान रुपले एन्टिबडी देखिएको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको एकमात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ । खोप लगाएकाहरुमा एन्टिबडी भेटिनु खोप प्रभावकारी रहेको बुझ्नुपर्ने मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : २४ बजे

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ