तनुश्रीले लगाएको यौन शोषणको आरोपमा भेटिएन सबूत « Khabarhub

तनुश्रीले लगाएको यौन शोषणको आरोपमा भेटिएन सबूत


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका तनुश्री दत्ताले मीटु क्याम्पेनिङका बेला नाना पाटेकरमाथि लगाएको यौन शोषणको आरोपले सबैलाई चकित बनायो । तनुश्रीले पाटेकरमाथि आरोप मात्र लगाएकी थिइनन्, प्रहरीकहाँ उजुरी पनि दिएकी थिइन् । तर, प्रहरीले यस घटनामा एउटा पनि सबूत फेला पार्न सकेको छैन ।

उजुरी दिएको सात महिना बितिसक्दा प्रहरीलाई तनुश्रीले दिएको शिकायतको एक पनि प्रमाण जुट्न सकेन, जसकारण मुद्दा अगाडि बढ्न सकेको छैन । भारतीय प्रहरीका अनुसार साक्षीले १२ देखि १५ वटा बयान दिइसकेका छन् । तर तीमध्ये तनुश्रीले आरोपमा कुनै समर्थन गर्दैनन् ।

घटना २००८ मा फिल्म हर्न ओके प्लीजको आइटम डान्स शूटिङ गर्दा भएको भनिएको छ । साक्षीमा डेजी शाहको नाम पनि छ । उनी त्यतिबेला गणेश आचार्यकी असिस्टेन्ट थिइन् । त्यतिबेलाका कोरस र प्राविधिक पनि साक्षी बसेका छन् । बलिउडमा पनि केही समयअघि मीटु अभियान चलेको थियो । सो क्रममा तनुश्रीले नानापाटेकरमाथि आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : १९ बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन