मेस्सीको डेब्यू खेलमा एम्बाप्पेले गरे गोल | Khabarhub Khabarhub

मेस्सीको डेब्यू खेलमा एम्बाप्पेले गरे गोल


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  लियोनल मेस्सीको डेब्यु गरेको खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि केलियन एम्बाप्पेले गोल गरेका छन् ।

आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोलले हराएको हो । नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मेस्सी ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको डेब्यु खेलमा पीएसजीलाई जित दिलाउन दुवै गोल केलियन एम्बाप्पेले गरेका थिए ।

खेलको १६औं मिनेटमा एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा हाकिमीको पासमा एम्बाप्पले दोस्रो गोल गरे ।

जितसँगै पीएसजी ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । रेइम्सको ३ अंक मात्र छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : ५९ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी