नागढुंगामा पहिरो, काठमाडौँ प्रवेश गर्ने सयौँ गाडीले सडक जाम « Khabarhub

नागढुंगामा पहिरो, काठमाडौँ प्रवेश गर्ने सयौँ गाडीले सडक जाम


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ ।

नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो ।

पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ गाडीको लाइन लागेको नागढुंगा प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन डोजर परिचालन गरिसकिएकाले केही घण्टामा सडक खुला हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : १५ बजे

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न

शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यक : जेलेन्स्की

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड