पहिरो खस्दा कालीपुलका आठ घरमा क्षति, तीन जना घाइते « Khabarhub

पहिरो खस्दा कालीपुलका आठ घरमा क्षति, तीन जना घाइते


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–८  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ ।

पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।

कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए ।

उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते हुनु भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याएका थिए ।

उनले अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिए ।  मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

“पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सार्‍यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ”, स्थानीयवासी सुरेश पुनले भने ।

उनका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पुर्‍याएको छ । छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।

यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

पहिरो खसेर आएको बाढीले पुर्‍याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ४५ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको