उर्मिला बनिन् नयाँ ‘मिसेस नेपाल ग्ल्याम’ « Khabarhub

उर्मिला बनिन् नयाँ ‘मिसेस नेपाल ग्ल्याम’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौ चाबहिलकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्षसहित ‘मिसेस ट्यालेन्ट’, ‘मिसेस पपुलर’, ‘भ्युवर्स च्वाइस’, ‘बेष्ट हेयर’उपाधि समेत हात पारिन् । विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

सामाजिक दुरी कायम गर्दै ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भएको प्रतियोगितामा रमिता यादव ‘फस्ट रनर अप’ र सरिता श्रेष्ठ ‘सेकेन्ड रनरअप’ भए । रमिता ‘मस्ट डिसिप्लेन’ उपाधि बन्दा सरिताले ‘बेस्ट र्याम्प वाक’, ‘फिगर’ र ‘फोटोजेनिक’ विधामा अब्बल साबित भइन् ।

विजेतालाई पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष एवम् अधिवक्त प्रीति कार्कीले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा बवी शाह ‘बेष्ट स्माईल’, रंगलक्ष्मी फुयाँल ‘बेस्ट स्किन’, मलिसा शर्मा ‘फेसबुक च्वाईस’, शान्ति मगर लिम्बु ‘मिसेस ब्युटीफुल’, सुनिता श्रेष्ठ ‘बेष्ट फिगर’, अन्जना खड्का ‘बेस्ट डान्स’, र शोभा शाही ‘बेष्ट कन्फिडेन्ट’ चुनिए ।

प्रतियोगितामा अभिनेता तुलसीप्रसाद श्रेष्ठ, गायिका भावना आचार्य, अभिनेता प्रेम पाण्डे, निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल र फिल्म निर्देशक मधुसुदन भट्टराई निर्णायक थिए ।

कार्यक्रममा फिल्म निर्देशक उमेश गुरुङ ‘राष्ट्रिय निर्देशक सम्मान’, पेजेन्ट निर्देशक नीशुकान्त झा ‘राष्ट्रिय पेजेन्ट निर्देशक सम्मान’, मेकअप आर्टिस्ट विना राना मगरलाई ‘राष्ट्रिय मेकअप आर्टिस्ट सम्मान’, गीतकार डब्बु क्षत्रीलाई ‘राष्ट्रिय गीतकार सम्मान’, फेसन डिजाइनर दिलमाया मगरलाई र‘ाष्ट्रिय फेसन डिजाइनर सम्मान’बाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै