कतै तपाईंलाई हर्टअट्याकको जोखिमत छैन ? डा अनिलले दिए आफैं जाँच्ने उपाय | Khabarhub Khabarhub

कतै तपाईंलाई हर्टअट्याकको जोखिमत छैन ? डा अनिलले दिए आफैं जाँच्ने उपाय


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा अहिले मानिसहरुमा मुटुसम्बन्धी समस्याहरु बढीरहेका छन् । अस्वस्थ खानपान, व्यायामको कमी, धुमपान मध्यपानका कारणपनि मानिसहरुमा मुटुसम्बन्धी रोगहरु बढिरहेको छ । त्यसमा पनि हृदयघातको जोखिम थप बढिरहेको छ ।

हृदयघातका धेरै कारणहरु हुन्छन् । ती मध्ये प्रमुख १० कारणहरु तल उल्लेख गरिएको छ देखाइएका हुन् । त्यसमध्ये धुम्रपानको सेवन र उच्च कोलेस्ट्रोल सबभन्दा प्रमुख २ कारणहरु हुन् ।

नेपाल लगायत संसारका ५० भन्दा बढी देशहरुमा गरिएको एउटा रोचक अध्ययन (INTERHEART)को अनुसार यी दुई कारणहरु सबभन्दा बढी खतरनाक भएको पाइएको छ ।

५५ वर्ष भन्दा बढीका पुरुष र ६५ वर्ष भन्दा बढीका महिलालाई हृदयघातको खतरा बढी हुन्छ ।

त्यसैगरी पुरुषलाई हृदयघातको खतरा महिलामा भन्दा बढी भएको पाइन्छ । त्यसमा पनि ५० वर्ष भन्दा मुनिका महिलामा हृदयघात कम हुने गरेको पाइन्छ ।

वंशानुगत (Genetic) वा मानसिक तनावलाई पनि हिजोआज हृदयघातको महत्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।

धेरैजसो अवस्थामा हृदयघातको निश्चित कारण भेटाउन सकिन्छ । तर कहिलेकाँही हृदयघातको कारण पत्ता नलाग्न पनि सक्छ ।
लगभग ९० प्रतिशत भन्दा बढी बिरामीमा हृदयघातको कारण पत्तालगाउन सकिन्छ । धेरैजसो अवस्थामा १ भन्दा बढी कारणहरु संगै भएका पाइन्छन् ।

हृदयघातका अनेक कारणहरु मध्ये चुरोटको सेवन, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप नै प्रमुख हुन् ।

निम्नलिखित प्रश्नहरुको उत्तरमा “गर्छु वा छ” भने, हृदयघातको सम्भावना बढी भएको बुझिन्छ । कसैलाई एक भन्दा बढी कारणहरु (रिस्क फैक्टर्स) छन् भने, हृदयघातको खतरा झन बढी हुन्छ ।

के तपाई धुम्रपान गर्नुहुन्छ ?
के तपाईलाई मधुमेह छ ?
के तपाईलाई उच्च रक्तचाप छ ?
के तपाईको रगतमा कोलेस्ट्रोलको स्तर बढी छ ?
के तपाईलाई मोटोपना छ वा कम्मर वरिपरि धेरै बोसो छ ?
के तपाईको आमाबुबा, दिदीबहिनी वा दाजुभाईलाई हृदयघात भएको छ ?
के तपाई अत्यधिक मदिराको सेवन गर्नुहुन्छ ?
के तपाईलाई डिप्रेसन वा मानसिक तनाव छ ?

धुम्रपानः धुम्रपानले हृदयघातको खतरा २ देखि ४ गुणा बढाउछ । जति धेरै धुम्रपान गर्नुहुन्छ, हृदयघातको खतरा त्यति नै धेरै हुन्छ ।

सानै उमेरदेखि धुम्रपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट ÷ बिडीको सेवन गरेमा हृदयघातको खतरा अत्यन्तै धेरै हुन्छ ।

उच्च कोलेस्ट्रोलः उच्च कोलेस्ट्रोलले हृदयघातको खतरा लगभग ३ गुणा बढाउछ । कोलेस्ट्रोलको मात्रा रगतमा जति धेरैहुन्छ, हृदयघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

युवा अवस्थामा देखिने हृदयघातका दुई प्रमुख कारणहरु मध्ये एउटा उच्च कोलेस्ट्रोल र अर्को धुम्रपान नै हो ।

मधुमेहः मधुमेहले हृदयघातको खतरा २ देखि ३ गुणा बढाउछ । लामो समयदेखि मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ ।

मधुमेह रोगीमा रक्तचाप र कोलेस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयघातको खतरा झन बढी हुन्छ ।

उच्च रक्तचापः रक्तचापको नियन्त्रण नगरेमा हृदयघातको खतरा २ गुणा बढी हुन्छ ।

मोटोपनाः मोटोपना वा कम्मर वरिपरि धेरै बोसो भएमा हृदयघातको खतरा बढी हुन्छ ।

परिवारमा कसैलाई हृदयघात भएकोः आमाबुबा, दिदीबहिनी वा दाजुभाई कसैलाई कम उमेरमा (पुरुषलाई ४५ वर्ष वा महिलालाई ५५ वर्षभित्र) हृदयघात भएको छ भने, अन्य सदस्यालाई पनि हृदयघात हुने खतरा बढी हुन्छ ।

अत्यधिक मदिराको सेवनः नियमित रुपमा अत्यधिक मदिराको सेवन गर्नु वा एक दिनमै धेरै मदिराको सेवन गर्नु (Binge Drinking) ले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसन वा मानसिक तनावः परिवार, कार्यालय वा अर्थ ब्यवस्थासग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ ।

डिप्रेसनले पनि हृदयघात खतरा बढाउछ । तपाईलार्ईं पनि डिप्रेसन वा अत्यधिक मानसिक तनाव छ कि छैन बिचार गर्नुहोस् ।

यदि तपाईलाई माथि उल्लेखित १ भन्दा बढी (Risk Factors) कारणहरु छन् भने, हृदयघातको खतरा धेरै गुणा बढी हुन्छ ।

यदी तपाईं सँग यस्ता केही जोखिम हरु छन्न र तपाईंले त्यस्लाई राम्रो नियन्त्रणमा राख्नु भएको छ भन्ने हार्टअटेक को जोखिम अत्यन्त न्यून हुन्छ। खानपिन , जीवनशैली र वा औषधी जुन माध्यम ले भएपनी यि जोखिम हरुलाई राम्रो नियन्त्रण मा सधैं राख्नु हार्ट अटेक रोक्ने सर्वोत्तम उपाय मानिन्छ ।

ओममूर्तिअनिल डटकमबाट

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  १२ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर