दिल्लीबाट फर्किएपछि नेता खनालले भने : कुनै कार्यकारी पद दाबी गर्दिनँ « Khabarhub

दिल्लीबाट फर्किएपछि नेता खनालले भने : कुनै कार्यकारी पद दाबी गर्दिनँ


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफू अब कुनै कार्यकारी पदमा नरहने बताएका छन् ।

स्वास्थ्यउपचारपछि सोमबार स्वदेश फर्किएका नेता खनालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सो कुरा बताएका हुन् । नेता खनालले आफू ७० वर्ष पार गरिसकेको बताउँदै कुनै कार्यकारी पदमा नरहने बताए ।  उनले भने, ‘म ७० वर्ष पुगिसक्या हुनाले कुनै कार्यकारीणी पोष्ट दाबी गर्दिन ।’

त्यस्तै आफ्नो बाँकी जीवन पार्टी निर्माणमा लगाउने बताए । नेता खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको समेत बताए ।

खनालले भने, ‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्यकता छैन ।’

दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौंला प्रत्यारोपण गराएर नेता खनाल सोमबार स्वदेश फर्किएका हुन् । खनाललाई स्वागत गर्न अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए । स्वास्थ्य उपचारको लागि उनी गत असार २ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : ३२ बजे

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी