वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति घोषणा « Khabarhub

वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति घोषणा


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति, नेपाल घोषणा भएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका हुन् । राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरुको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको भन्दै नयाँ शक्ति घोषणा गरिएको त्रिपाठीले जानकारी दिए ।

उनले जनता, राजसंस्था र राजनीतिक दलहरुबीचको समन्वयकारी राजनीतिक प्रणाली, सवल र सुदृढ राष्ट्रिय सेना तथा न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्ने पार्टीको प्रतिवद्धता रहेको बताए ।

उनले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने धारणा पनि राखे । मुलुकमा शान्ति र स्थिरता खोज्ने हो भने सबैको अस्तित्व स्वीकार गर्नुपर्ने उहाको भनाइ छ ।

आफूले बोकेका एजेन्डा देशको लागि भएको र अरुले बोकेका एजेन्डा विदेशीका भएको त्रिपाठीले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : १५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर