एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : महेश बस्नेत « Khabarhub

एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : महेश बस्नेत


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् ।

सोमबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै ‘कुपोषण’ लागेको समेत आरोप लगाए ।

वर्तमान सरकारमा सामेल दलहरुले संविधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बताए ।

वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाइ थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : ४६ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ