एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : महेश बस्नेत « Khabarhub

एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : महेश बस्नेत


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् ।

सोमबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै ‘कुपोषण’ लागेको समेत आरोप लगाए ।

वर्तमान सरकारमा सामेल दलहरुले संविधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बताए ।

वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाइ थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : ४६ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।