कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा « Khabarhub

कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी सुरु भएका बेला पूर्वमन्त्री एवं पार्टी नेता दीपकप्रकाश बाँस्कोटाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।

लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटाले आज विज्ञप्ति जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएर वैचारिक राजनीति र समाजसेवामा सक्रिय हुने घोषणा गरेका हुन् ।

“साउन ११ गतेदेखि ७३ वर्ष पूरा भएर ७४ वर्ष प्रवेश गरेँ, ५२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिँदैछु, विसं २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरेँ, २०६४ सालदेखि सामान्य क्रियाशील थिएँ”, विज्ञप्तिमा नेता बाँस्कोटाले उल्लेख गरेका छन् ।

विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गरेका थिए ।

पार्टीको १४औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा क्रियाशील नभई लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई पृष्ठपोषण गर्न वैचारिकरूपमा काम गरी पुस्तान्तरण गर्ने निर्णय आज श्रीकृष्ण जन्माष्टमीका दिन गरेको उनले बताएका छन् ।

“पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी हुन्नँ, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु”, पूर्वमन्त्री बाँस्कोटाले भने ।

वैदिक नेपाल निर्माणका लागि नेपाली विज्ञ, सङ्घ संस्था र विश्वभर कार्यरत वैज्ञानिकहरुसँगको सहकार्यलाई निरन्तरता दिने उनको योजना छ । यसका लागि नेपाल सरकार, राजनीतिक दल, विश्व हिन्दू महासङ्घलगायत सामाजिक संस्था, विश्व ॐ कार एकता महाअभियान जस्ता अभियानसँग विनाशर्त सहकार्य गर्ने घोषणा पनि नेता बाँस्कोटाले गरेका छन् ।

राज्यका सबै कामकाजलाई वैदिकीकरण गर्न र समाजलाई वैदिक जीवनशैलीअनुसार चलायमान गराउन वैदिक संसद् गठन गर्ने एवं सङ्घीय तथा प्रादेशिक संसद्लाई पृष्ठपोषण गर्ने योजना पनि उनले अघि सारेका छन् ।

नेपाल महर्षि वैदिक फाउण्डेशनमार्फत वैदिक नेपाल निर्माण अभियानमा विगत २४ वर्षदेखि लागेका बाँस्कोटाले यस अभियानका विश्वव्यापी १२ क्षेत्रमध्ये वैदिक शिक्षा (चेतनामा आधारित शिक्षा), वैदिक कृषि (विषादी एवं रासायनिक पदार्थरहित शुद्ध जैविक उत्पादन), वैदिक स्वास्थ्य (आयुर्वेद एवं प्राकृतिक चिकित्साको ज्ञान र प्रविधि), वैदिक निर्माण (वास्तुसम्मत घर, कार्यालय, विद्यालय, महाविद्यालयको निर्माण), वैदिक सञ्चारलगायत १२ क्षेत्रको वैज्ञानिक अध्ययन र अनुसन्धानबाट पुष्टि गरिएको प्रविधिलाई पार्टीको घोषणापत्रमा समावेश गरी राज्यव्यवस्थाको कार्यक्रममा समावेश गराउन लागि पर्ने योजना पनि उनले अघि सारेका छन् ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ८ : ३० बजे

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ