बाढीले पाइप बगाउँदा पानीको हाहाकार | Khabarhub Khabarhub

बाढीले पाइप बगाउँदा पानीको हाहाकार


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिरोका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिरोले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिरोले असर पुर्‍याउँदा खानेपानीको समस्या भएको बताए ।

“पहिरोले खानेपानीको मुहानमा असर पुर्‍याएको छ”, पुलामीले भने, “बाढीले खानेपानीको मुहान बितही खोला, पत्थर खोला र झ्यालबासमा गरी करिब दुई किलोमिटर पाइप नै बगाएको छ ।”

अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको भन्दै अध्यक्ष पुलामीले विकल्पमा तीन वटा ट्याङ्करबाट पानी ल्याएर वितरण गरिएको भए पनि पर्याप्त हुन नसकेको बताए ।

पानीको आपूर्ति पूर्णरुपमा बन्द भएपछि गाउँपालिकाको विभिन्न वडामा तीन हजार घरधूरीका १५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित भएको पुलामीले बताए । मौसममा सुधार नआएसम्म खानेपानी वितरण सहज बनाउन नसकिने उहाँको भनाइ छ ।

विगतमा खानेपानीको पाइपलाइन विस्तार नहुँदा स्थानीयले खोला तथा चुवाडी (मूल निस्किएको ठाउँ) को पानी प्रयोग गर्ने गरेका भए पनि बिहीबार आएको बाढीपहिरोले चुवाडीको पानी प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको स्थानीयको भनाइ छ ।

हुनेखाने र बजार नजिक घर हुनेले बजारमा गएर बोतल तथा जारको पानी किनेर प्रयोग गर्ने गरेका उल्लेख गर्दै स्थानीय ओमबहादुर फाल मगरले आर्थिक अवस्था कमजोर हुने आकाशको पानी जम्मा गरेर खान बाध्य भएको बताए ।

असारमा आएको बाढीले पानी वितरण गरिएको पाइमा क्षति पुर्‍याउँदा नियमित हुन नसकेको खानेपानी आपूर्ति भदौ १० गते आएको बाढीपहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको मगरको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : ५५ बजे

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको

निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले